एजेन्सी– मोरक्कोकी एक महिलामाथि एउटा यस्तो आरोप लागेको छ । जुन सुन्दा तपाई आश्चर्यचकित हुनुहुनेछ । उनलाई आफ्नो प्रेमीको हत्या गरेर उसको शवलाई टुक्राटुक्रा पारेको र यसलाई पकाएर श्रमिकलाई खुवाएको आरोप लागेको छ ।


ADVERTISEMENT


यो घटना संयुक्त अरब इमिरेट्स (युएई)को हो । उनीमाथि आरोप लगाउनेहरुले पुलिसलाई बताए अनुसार ती महिला मोरक्कोकी हुन् । उनले तीन महिना पहिले आफ्ना प्रेमीको हत्या गरेको पुलिसले जनाएको छ ।


ADVERTISEMENT

# # #


युएईको पत्रिका द नेसनल रिपोर्टका अनुसार ३० वर्षीया यी महिलाले आफ्नो अपराध स्वीकार गरिसकेकी छन् । उनले भनेकी छन् कि उनले यो आवेगमा आएर यो हत्या गरेकी थिइन् ।

पत्रिकाका अनुसार यी महिला आफ्ना ती प्रेमीसंग सात वर्षदेखि सम्बन्धमा रहेकी थिइन् । तर एक दिन प्रेमीले ती महिलालाई आफू उनीसंग विवाह गर्न नसक्ने र अकी महिलासंग विवाह गर्न चाहेको बताए । तब ती महिलाले आवेशमा आएर हत्या गरेको बताएकी छन् ।
तर पुलिसले ती युवकको कसरी हत्या भयो भनेर खुलाएको छैन । पत्रिकाका अनुसार महिलाले आफ्ना प्रेमीको शवलाई टुक्रा टुक्रा बनाएर चामलका साथ पकाइन् र नजिकै काम गर्ने पाकिस्तानी मजदूरलाई खेवाइन् ।

घटना तब पत्ता लाग्यो, जब हत्या गरिएका पुरुषका भाई आफ्ना भाई खाज्नका लागि ओमानको सीमा नजिक अल इन शहर आए । तब उनले ती महिलाको ब्लेण्डरभित्र एक मानव दाँत भेट्टाए । त्यसपछि पुलिसलाई जानकारी दिइयो र बरामद गरिएको दाँतको डीएनए । गरियो । त्यसपछि थाहा भयो ती पुरुषको हत्या भएको हो ।

पुलिसका अनुसार ती महिलाले मृतकका भाईलाई बताएकी थिइन्, कि उनले तिनको दाईलाई आफ्नो घरबाट निकालिदिएकी थिइन् । तर पुलिसले कडाइका साथ सोधेपछि आफ्नो गल्ती स्वीकार गरिन् कि उनले नै आफ्नो प्रेमीको हत्या गरेकी थिइन् ।