काठमाडौं । दक्षिण अमेरिकी क्षेत्रका फुटबल क्लबबिचको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा कोपा लिबेर्तादोरिस अन्तर्गत दुई प्रतिद्वन्द्वी अर्जेन्टिनी क्लबका समर्थकबिच झडप हुँदा फाइदाको दोस्रो लेगको खेल रोकिएको छ।


ADVERTISEMENT


शनिबार रातिका लागि तोकिएको फाइनलको दोस्रो लेग बोका जुनियर टिमको बसमाथि रिभर प्लेटका समर्थकले आक्रमण गरेपछि रोकिएको हो । खेल अब आइतबार रातिका लागि हुने तय भएको छ ।


ADVERTISEMENT

# # #


दोस्रो लेग खेल्नका लागि रिभरको मैदान मोनुमेन्टल स्टेडियम जाँदै गरेका बोका जुनियरका खेलाडी सवार गाडीमा रिभर प्लेटका समर्थकले आक्रमण गरेका हुन् । खेलको समय दुईपटक सारेर अन्ततः आइतबार रातिसम्मका लागि स्थगित भएको हो । रिभर प्लेटले ट्वीटर मार्फत शनिबारको खेल रोकिएको र आइतबारका लागि सारिएको जानकारी दिएको हो ।

रिभर प्लेटका समर्थकले बसमा गरेको आक्रमणका कारण बोका जुनियरका खेलाडी घाइते भएका छन् । फुटेको सिसाले लागेर बोका जुनियरका खेलाडीको विभिन्न भागमा काटेको छ ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास पनि प्रहार गरेको थियो । यसले गर्दा खेलाडीहरु थप समस्यामा परेका थिए । बोका जुनियरका स्ट्राइकर कार्लोस टेवेजसहितका खेलाडीहरुलाई टिमका डाक्टरले उपचार गरेका छन् । यस्तै बोकाका पाक्लो पेरेज र गोन्जालो लामार्दोसहितका खेलाडीलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको बताइएको छ । उनीहरुको आँखामा फुटेको सिसाको टुक्रा परेको तथा टाउकोमा चोट लागेको छ ।

युरोपको च्याम्पियन्स लिग जस्तै प्रतियोगिता हो, कोपा लिबेर्तादोरिस दक्षिण अमेरिकाको ।

तीन वर्ष अघि यहि प्रतिस्पर्धाको अन्तिम १६ मा बोका र रिभरबिच खेल भएको थियो । त्यो बेला बोकाका फ्यानले रिभरका खेलाडीमाथि पेपर स्प्रेले आक्रमण गरेपछि खेल हाफ टाइममा रोकिएको थियो । बोका प्रतियोगिताबाट बाहिरियो भने रिभरले बाइ पाएर क्वाटर फाइनलमा स्थान बनायो ।

दुवै अर्जेन्टिनाका क्लब हुन् र एक अर्काका गम्भीर प्रतिद्वन्द्वी । यो वर्षको फाइनल अन्तर्गत पहिलो लेगको खेलमा २–२ को बराबरी भएको थियो ।