काठमाडौं । नेत्रविक्रक चन्द विप्लव नेतृत्व नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा संलग्नलाई सरकारले संरक्षण गरेको आरोप लगाए ।


ADVERTISEMENT


नेकपाको पुनर्गठित भएको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा विश्वकर्माले निर्मला पन्त घटनाका दोषीलाई राज्य आफैँले संरक्षण गरेको बताए । कसरी दोषीलाई कारबाही गर्छ, विश्वकर्माले भने, दोषी पत्ता लगाउन राज्य पुर्णरुपमा असफल भएकाले हाम्रो पार्टीले खोजबिन गरी पत्ता लगाएर कारबाही गर्छ ।


ADVERTISEMENT

# # #


विश्वकर्माले देशमा जनताको हितअनुसार काम नभएको बताउँदै जनताको मुक्तिका लागि अर्को आन्दोलन आवश्यक रहेको दाबी गरे ।