काठमाडौँ– सुडान घोटाला काण्डमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।


ADVERTISEMENT


सर्वोच्च अदालतमा आज आत्मसमर्पण गरेका पूर्व प्रहरी प्रमुख हेमबहादुर गुरुङ र ओमविक्रम राणालाई काठमाडौंको डिल्लीबजार कारागार चलान गरिएको छ । यसअघि नै उनीहरुलाई अदालतले सो काण्डमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो ।


ADVERTISEMENT

# # #


वैशाख १७ गते सर्वोच्चले सुडान घोटाला काण्डको अन्तिम फैसला सुनाउँदै प्रहरीका तीन पूर्वआईजीपीसहित अन्य अधिकारीहरुलाई सजाय सुनाएको थियो । सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सो फैसला सुनाएको थियो ।

सर्वोच्चले राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना तथा अर्का पूर्व आईजीपी रमेशचन्द्र ठकुरीलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। जसमध्ये ठकुरी अझैं फरार छन् ।

यसैबीच एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले पनि अदालतमा आत्मसमर्पण गरेका छन् । एआईजी छ्याङदेनलाई ४० हजार जरिवाना एक वर्ष कैद र डीआईजी श्रेष्ठलाई ३० हजार जरिवाना र ६ महिना कैद सजाए अदालतले तोकेको छ ।

अदालतमा आत्मसमर्पण गरेपछि उनीहरुलाई जेल चलान गरिएको छ ।