काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता खड्काले सुरक्षा र गौरवका लागि गाडीको प्रबन्ध गर्नु कुनै ठूलो कुरा नभएको बताए । उनले भने, ‘नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले गाडी व्यवस्था गर्नुपर्छ । आवश्यकीय कुराको प्रबन्ध गर्नुपर्छ ।’


ADVERTISEMENT

# # #


यद्धपी उनले यत्रो कुरा बाहिर आईसकेकोले अब गाडी विलाषीको लागि हो वा आवश्यकत्ता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्नेमा जोड दिए । आफूहरुले यो व्यवस्थालाई बलियो बनाउन चाहेको पनि उनले सुनाए । तर, राष्ट्रपतिको सवारी हुँदा स्कुले विद्यार्थीहरुले समेत ५ देखि ६ घण्टाको ट्राफिक जाम झेल्नुपरेको खड्काले दुःखदायी कुरा सुनाए । उनले भने, ‘यो ध्यान दिने विषय हो ।’

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले दुई महिनासम्म थन्काएको भन्दै गुनासो पोखे । राष्ट्रपतिले पार्टीको व्यक्तिको जस्तोगरी प्रस्तुत नहुनुपर्ने उनको भनाई थियो ।

राष्ट्रपतिले हालै संसदमा सम्बोधन गर्दापनि आलोचना व्यहोर्नुपरेको उनले सुनाए । उनले थपे,‘राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छ । संस्था सुहाउँदो चरित्र भएन भने त्यो गतिविधिले व्यवस्थामा फरक पर्न सक्छ, सरकारलाई फरक पर्न सक्छ, जनतालाई फरक पर्न सक्छ ।’

वर्तमान सरकारको यो ९ महिनाको गतिविधिहरु हेर्दा सरकार कानमा तेल हालेर बसेको पनि खड्को टिप्पणी छ । उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको र मुलुकमा शान्ति, सुरक्षा कायम गर्न नसकेको उनको गम्भिर आरोप लगाए ।