काठमाडौं – कञ्चनपुरका निर्मला पन्तका बुबा यज्ञराज पन्त उपचारका लागि काठमाडौं आइपुगेका छन् ।


ADVERTISEMENT


उनलाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल लगिएको छ । केही दिनयता उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको हो । यज्ञराजसँगै निर्मलाकी आमा दुर्गादेवी, यज्ञराजका भाइ र भिनाजु पनि काठमाडौं आएका छन् । हवाइजहाजले ल्याउन नमानेपछि यज्ञराजलाई शनिबार साँझ सडकमार्गबाट काठमाडौं ल्याइएको हो ।


ADVERTISEMENT

# # #


दुर्गादेवीका अनुसार महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा एकोहोरो बोल्ने छटपटाउने गरेका कारण समस्या भएको थियो । त्यसपछि धनगढीस्थित सेती अञ्चल अस्पतालमा लठ्याउने सुई लगाएपछि उनी दिनभरी सुतेका थिए ।

आइतबार साँझ औषधीले काम गर्न छाडेपछि फेरि समस्या भएको उनले बताइन् । अहिले शिक्षण अस्पतालमा उनलाई आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ। उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ।

निर्मलाका आमाबुवा गत साउन १३ गते बलात्कारपछि भएको हत्या गरिएकी १३ वर्षीया छोरीको माग्दै अनिश्चितकालीन धर्नामा रहेका छन् ।