काठमाडौं । निर्माण सामग्री निर्माता कम्पनी जेसीबीले नेपाली बजारमा चार विश्वस्तरीय उत्पादन सार्वजनिक गरेको छ । कोन्म्याक–२०१८ प्रदर्शनीका अवसरमा ती उत्पादन सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT


यिनमा ३८ टन क्षमताको एक्स्क्याभेटर जेसीबी ३८० एलसी एक्ष्ट्रा, २१ दशमलव ५ टन क्षमताको जेसीबी २१५ एलसी, ३डीएक्स एक्सट्रा ब्याकहो लोडर र ३डीएक्स ब्याकहो छन् । जेसीबीले काठमाडौंमा ३० हजार वर्ग फिट क्षेत्रफल भएको नयाँ डिलर आउटलेट खोल्ने घोषणासमेत गरेको छ ।


ADVERTISEMENT

# # #