काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाएका छन् । उनलाई कालो झण्डा देखाएको आरोपमा पोखराबाट ६ जना विद्यार्थी नेता पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्ट छन् ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रमुख एसपी ओम रानाले उनीहरुलाई पक्राउ गरिएको पुष्टि गरे । उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको रानाले बताए ।

नयाँ शक्तिका एक नेताका अनुसार वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा प्रहरीले पक्राउ गरेको हो ।