काठमाडौँ– युएन पार्क नजिकै रहेको फर्निचर उद्योगमा आगलागी हुँदा रु ६ करोड बराबरको क्षति भएको छ ।


ADVERTISEMENT


आगलागी अहिले नियन्त्रणमा आएको छ । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार घटनामा मानवीय क्षति नभएपनि विस्तृत विवरण आउन बाँकी छ । आगो नियन्त्रणमा लिन बुद्धनगर क्षेत्रमा विद्युत आपूर्ति बन्द गरिएको बताइएको छ ।