सिराहा– नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुकी अध्यक्ष नविना लामाले दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने बताएकी छन् ।


ADVERTISEMENT


सिराहामा आयोजित भण्डाफोर समापन कार्यक्रममा बोल्दै अध्यक्ष लामाले पहिलो चरणको निर्वाचनमा पनि एमाले अग्रस्थानमा रहेको र अब हुने निर्वाचनमा पनि अग्र स्थानमा नै रहने बताउँदै आम युवा विद्यार्थीहरुलाई निर्वाचन केन्द्रित हुन आह्वान गरेकी छन् ।


ADVERTISEMENT

# # #


निर्वाचनबाट भाग्नु अलोकतान्त्रीक भएको भन्दै उनले त्यसो गरेमा दलको अस्तित्व समाप्त हुने दावी गरिन् । उनले भनिन्, ‘कुनै पनि दल हार्ने डरले निर्वाचनबाट भाग्छ भने, त्यो दलको अस्तित्व नै स्वतः समाप्त हुन्छ ।’

अध्यक्ष लामाले प्रदेश नं २ को जनताको भावनालाई कदर नगरी सरकारले निर्वाचनको मिति सार्नु निन्दनीय रहेको बताइन् ।

प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयको विरोधमा अनेरास्ववियुले सर्लाहीबाट रौतहट हुँदै सिराहासम्म भण्डाफोर अभियान सञ्चालन गरेका थियो ।