काठमाडौँ– सरकारले लाखौँ श्रमिकलाई सामाजिक न्यायको प्रत्याभूति गराउन आजदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गरेको छ । उक्त योजना प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित विशेष कार्यक्रममा शुभारम्भ गरेका छन् ।


ADVERTISEMENT


कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र गुमाएका वा नभएका सबै नागरिकलाई समेट्दै सिङ्गो नेपाली समाज एउटा नयाँ युगतर्फ प्रवेश गरेको बताए ।


ADVERTISEMENT

# # #


सामाजिक साझेदारीमा आधारित अभियानका रुपमा सामाजिक सुरक्षाका योजना शुरुआत गरिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले भने, “सामाजिक सुरक्षा भनेको दान दातव्य हैन, न त यो बचत हो । यो एउटा ऐक्यबद्धतामा आधारित प्रणाली हो । ‘ढुकुटीबाट झिक्दै–बाँड्दै हैन, ढुकुटीमा भर्दै–भरथेग गर्दै’ अघि बढ्ने विधि हो ।”

सामाजिक सुरक्षाका योजनाले ज्यालाजीवी, जङ्गी÷निजामती र स्वरोजगारीमा रहेका सबैलाई समेट्ने जानकारी दिँदै उनले यसले औपचारिक वा अनौपचारिक श्रम क्षेत्रमा कार्यरत सबै श्रमिकलाई समेट्छ भने उनले स्पष्ट पारे, “अब सामाजिक सुरक्षाको दायराबाट कोही पनि बाहिर पर्दैनन् । आजदेखि शुरु हुने सामाजिक सुरक्षाका योजना मूलतः ज्याला रोजगारी र स्वरोजगारीमा रहेकाप्रति केन्द्रित छ ।”

यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले योजनाले श्रमिक र तिनका परिवारको भविष्य सुरक्षित पार्ने मन्त्री विष्टको दाबी छ । ‘विगतको जस्तो असुरिक्षत अवस्थाको अन्त्य गर्दै सुरक्षित भविष्य आरम्भ भएको छ, यसले सुखद परिवर्तन ल्याउनेछ’, उनले भने ।

योजना लागू भएसागै श्रमिक वर्ग र रोजगारदाताबीच मर्यादित वातावरण बन्ने श्रम मन्त्री विष्टले बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा योजना तयार पार्न र कानून निर्माण गर्नेक्रममा रोजगारदाता, विज्ञहरुसाग लामो छलफल भएको उनले बताए । ‘पछिल्लो ८ महिनामा योजना तर्जूमा र कार्यविधि बनाउन ठूलो मेहेनत गरेका छौं’, उनले भने ।

योजना लागू भएसँगै श्रमिकले औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना, अशक्त सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा योजनानुसारको सामाजिक सुरक्षा प्राप्त गर्ने छन् । उक्त योजनाबमोजिम लामो समय योगदान गरेका श्रमिकले आजदेखि ‘रित्तो हात’ घर फर्कनुपर्ने अवस्था अन्त्य भएको छ भने निश्चित अवधि सेवा गरेपछि उनीहरूले निवृत्तिभरण (पेन्सन) समेत पाउने वातावरण पनि बनेको छ ।