काठमाडौं । वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको सीप परीक्षण गरिने भएको छ। विदेशमा उनीहरुले सिकेको सीपको परीक्षण गरी प्रमाण पत्र दिने तयारी सरकारले गरेको हो।


ADVERTISEMENT


विभिन्न सातै प्रदेशका विभिन्न जिल्लाबाट फारम संकलन गरेर २० प्रकारका सीपको निशुल्क परीक्षण हुने छ। सिप परीक्षण गराउन इच्छुक व्यक्तिहरुले राष्ट्रिय सीप परीक्षण समितिले तयार गरेको मापदण्ड अनुसार फारम भरेर आगामि पुस ११ गतेभित्रमा बुझाउनु पर्नेछ। आवेदन दिने समय सुरु भैसकेको छ।


ADVERTISEMENT

# # #


फारम संकलन भइसकेपछि सीप परीक्षण हुने मिति र स्थान सकभर पाएक पर्ने गरी तोकिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ। सीप परीक्षण गर्दा सरकारले तोकेका २० प्रकारका सीप मध्ये एक व्यक्तिले एक प्रकारको सीपको परीक्षण गाराउन पाउनेछन्।

यही आर्थिक वर्ष एक हजार जनाको सीप परीक्षण सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको छ। बाँकीको पनि श्रोतको सुनिश्चितता भइसकेपछि निरन्तरता दिने बोर्डले जनाएको छ। राष्ट्रिय सीप परीक्षण समितिबाट स्वीकृत सीप प्रमाणिका मापदण्डअनुसार गरिनेछ।