काठमाडौं । काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा—३’ले ५१औं दिन मनाएको छ । घटस्थापना देखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा—३’ले प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।


ADVERTISEMENT


असोज २४ देखि प्रदर्शनमा आएकामो चलचित्रले काठमाडौं उपत्यका र मोफसलमा १३ वटा हलमा लगातार प्रदर्शन हुँदै ५१ दिन पार गरेको निर्माण पक्षले जनाएको छ । ‘छक्का पञ्ज’का अघिल्ला सिरिजहरुमा ‘छक्का पञ्जा’ले छक्का पञ्जाले १०१ दिन र ‘छक्का पञ्जा—२’ले ५१ दिन प्रदर्शन भएका थिए ।


ADVERTISEMENT

# # #


निर्माण पक्षका अनुसार काठमाडौं उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्यूएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार गरेको हो । मोफसलमा कालिका सिनेमा बुटवल, क्यूएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको हो ।

डिजिटल प्रविधि भित्रिएपछि लगातार तीन सिरिजले नै ५१ औँ दिन पार गर्ने चलचित्र ‘छक्का पञ्जा—३’ हो । ‘छक्का पञ्जा’का तीन वटै सिरिजलाई कलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

कन्टेन विथ कमेडी भनिएको ‘छक्का पञ्जा—३’ मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय छ ।

कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे रहेकाछन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् ।

निर्देशक दीपाश्री निरौलाले कमेडी विथ कन्टेन चलचित्र ‘छक्का पञ्जा—३’ लाई दर्शकले मन पराउनु भयो भन्दै भनिन्, “यसले हामीलाई झनै उत्साह बढेको छ । आगामी दिनको हाम्रो मार्गदर्शन दर्शक बनिदिनु भएको छ ।”

दीपकराज गिरीले ‘छक्का पञ्जा—३’ मन पराइदिएकोमा धन्यवाद दिँदै भने, “आगामी दिनमा यसले हामीलाई थप जिम्मेवार बनाएको छ । दर्शकलाई मन पर्ने र केहि विषय बोकेको फिल्म नै लिएर आगामी दिनमा पनि हामी आउनेछौँ ।”