काठमाडौँ– जोरपाटीमा बिहीबार अनियन्त्रित माइक्रोबसले पैदलयात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुई जना गम्भीर घाइते भएका छन्।


ADVERTISEMENT


पैदलयात्रुलाई लतार्नुअघि माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल ढलेपछि अगाडि गएको माइक्रोले पैदलयात्रुलाई लतारेको थियो। ठक्करबाट अन्य तीन जना घाइते भएका छन्। सामान्य उपचारपछि उनीहरु घर फर्किसकेको प्रहरीले जानकारी दियो।


ADVERTISEMENT

# # #


मृत्यु हुनेमा भारत श्रीपुर घर भएका रुपलाल साह छन्। घाइतेहरुमा २२ वर्षीय प्रदीपकुमार साह र ६० वर्षीया चिनिमायाँ बुढाथोकी (ओखलढुंगा) रहेको प्रहरीले जनाएको छ। घाइतेको शंखरापुर अस्पतालमा उपचार भइरहेको छ।

पैदलयात्रुलाई लतार्नुअघि माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल ढलेपछि अगाडि गएको माइक्रोले पैदलयात्रुलाई लतारेको थियो। ठक्करबाट अन्य तीन जना घाइते भएका छन्। सामान्य उपचारपछि उनीहरु घर फर्किसकेको प्रहरीले जानकारी दियो।

कलंकी-थली रुटमा चल्ने बा १ ज १९०८ को अनियन्त्रित माइक्रोबस पैदलयात्रुतर्फ आउँदा घटना भएको हो। माइक्रोबसको ब्रेक राम्रोसँग नलाग्दा घटना भएको प्रहरीले जनाएको छ।

माइक्रोका चालक लालबहादुर कामीलाई प्रहरी पक्राउ गरेको छ। ब्रेक फेल हुँदा घटना भएको उनले प्रहरी समक्ष प्रारम्भिक बयान दिएका छन्।