काठमाडौं । शभरका लघुवित्त सदस्यसँग अन्तरक्रिया गर्ने उद्देश्यसहित यही मङ्सिर १५ र १६ गते दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । स्वाबलम्बन विकास केन्द्रको आयोजनामा दुई दिने राष्ट्रिय सम्मेलन हुन लागेको हो ।


ADVERTISEMENT


नेपालमा लघुवित्त सेवा शुरु भएको तीन दशक पुगेको उपलक्ष्यमा देशभरका लघुवित्त सदस्यलाई एकै ठाउँमा भेला गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको केन्द्रले बताएको छ । लघुवित्तबाट धेरै फाइदा हुने भएपछि पछिल्लो समय लघुवित्त खोल्ने लहर चलेको र लघुवित्तमा विकृति भित्रिएकाले त्यसलाई निराकरण गर्न सम्मेलन गर्न लागिएको केन्द्रका अध्यक्ष सङ्करमान श्रेष्ठले बिहीवार आयोजित पत्रकार सम्मेलनमा बताए ।


ADVERTISEMENT

# # #


‘स्वच्छ सहकारी, हाम्रो अभियान’भन्ने मुल नाराका साथ हुने सम्मेलनमा करीब ७० ओटा लघुवित्त संस्था सहभागी हुने बताईएको छ । लघुवित्त संस्थाहरु नाफामूलक कम्पनी नभई सामाजिक विकासमा आधारित कम्पनी भएकाले स्वच्छ रुपमा लघुवित्त सञ्चालन हुनु पर्ने माग आयोजकले राखेको छ ।

सम्मेलनमा सहभागी हुने ७० संस्थामध्ये ३६ लघुवित्त वित्तीय संस्था, लघुवित्तबाट विकास बैङ्क बनेका १२, विकास बैङ्क बन्ने प्रयासमा रहेका १२, ५ वाणिज्य बैङ्क, ३ विकास बैङ्क र २ वित्त कम्पनी रहने आयोजकले जानकारी दिएको छ ।