काठमाडौं । एनएमबी बैंकले ‘बैंक अफ दी इयर’को उपाधि हात पारेको छ । बेलायतको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने उपाधी यस वर्ष (२०१८)को उपाधी एनएमबी बैंकले पाएको हो ।


ADVERTISEMENT


अघिल्लो वर्ष (२०१७) मा पनि एनएमबी बैंकले उपाधी हात पारेको थियो ।


ADVERTISEMENT

# # #


बैंकको वित्तीय अवस्था र वित्तयि विवरणबाट देखिने वित्तीय जोखिम न्युनिकरण क्षमताको आधारमा मात्र नभई वित्तीय समावेशीकरण, मल्टि च्यानल बैंकिङ लगायतको आधारमा समेत उपाधी दिइएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यो उपाधीले आफुहरु निकै गौरवान्मित भएको प्रतिक्रिया दिएका छन् ।