काठमाडौँ– नेपाल विद्यार्थी सङ्घका असन्तुष्ट समूहले १२ औँ महाधिवेशन तत्काल गर्न माग गरेका छन् । आज यहाँ पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री हरिहर शर्माले सङ्घको विधानअनुसार तत्काल अधिवेशन गर्न माग गरे ।


ADVERTISEMENT


“बहुमत केन्द्रीय सदस्यहरूको भावना र विधानविपरीत तोकिएको १२ औँ महाधिवेशनको मिति बारम्बार सार्दै जाँदा सङ्घ कमजोर हुँदै जानेछ, नेविसङ्घलाई व्यक्तिगत झुण्डको स्वार्थका आधारमा प्रयोग गरिनुहुँदैन ।”


ADVERTISEMENT

# # #


परिमार्जित विधानसमेत विद्यार्थीको हितमा नभएको सहमहामन्त्री शर्माको आरोप छ । प्रदेश अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्ने व्यवस्थाले प्रदेशभित्रका थोरै प्रतिनिधि भएका जिल्लाहरू छुट्ने र धेरै प्रतिनिधि भएको जिल्लाको मात्रै सहभागिता हुने हुँदा यसले सङ्गठनमा असमानताको स्थिति र्सिजना गर्ने उनको भनाइ छ ।

महाधिवेशनको विकल्प महाधिवेशन नै भएको भन्दै उक्त समूहले तोकिएको समयमा सबै प्रक्रिया पूरा गरी महाधिवेशन गर्न माग गरेको छ । कार्यक्रममा सङ्घका केन्द्रीय सदस्य तेज बानियाँ, कल्पना खड्का र भोला नेपालले सङ्घको महाधिवेशन समयमै हुनुपर्ने र विवादलाई अन्त्य गरी विद्यार्थी आन्दोलनलाई माथि उठाउन लाग्नुपर्नेमा जोड दिए ।