इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले देश विकासका लागि लागिपरेको र केही समयमै विकासका अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


ADVERTISEMENT


बिहीबार आफ्नो सरकारले एक सय दिन पूरा गरेको उपलक्ष्यमा गरेको सम्बोधनको क्रममा उनले नयाँ नीति अख्तियार गरी विदेशी लगानी र अर्थतन्त्रको सुधारजस्ता कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिज्ञा गरेका हुन् ।


ADVERTISEMENT

# # #


वर्तमान सरकारले १०० दिन पूरा गरेको अवसरमा पाकिस्तानले विशेष कार्यक्रमको आयोजना पनि गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री खानले यस अवधिमा सरकारले नयाँ नीति र परियोजनाहरु पनि शुरु गरेको बताए ।
गत अगस्ट १८ का दिन आफ्नो कार्यकाल शुरु गर्नेक्रममा प्रधानमन्त्री खानले सरकारको सयदिने कामको एजेन्डा प्रस्तुत गरेका थिए । सरकारले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारद्वारा लक्षित ३४ ओटा परियोजना यस अवधिमा गर्ने भनेको र त्यसमा १८ ओटा पूरा भएको तथा अरु १६ ओटा परियोजना प्रगतिको क्रममा रहेको बताइएको छ ।

सरकारले सुशासन दिने, आर्थिक वृद्धिलाई गति दिने, कृषि सिंचाई तथा खानेपानीको अवस्थामा सुधार गर्ने र सामाजिक सुरक्षाका कार्यक्रमहरु ल्याउने जनाइएको छ ।

यी कार्यक्रमहरुका अतिरिक्त सरकारले गर्ने अरु कार्यक्रमहरुमा विशेषगरी देशको सुरक्षा अवस्थामा सुधार गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउने पनि रहेको छ । सरकारले अघि सारेका यी सबै कार्यक्रमहरुमा प्रगति भएको जानकारी प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा दिएका छन् । सिन्ह्वा