लमही– दाङमा गए राति दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । राप्ती गाउँपालिका–५ पहरुवा नजीकै गए राति ९ बजेतिर रा२प ७५३७ नंको मोटरसाइकल र रा२प ८४२५ नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा रा२प ७५३७ मा सवार राप्ती–५ कालापानीका ३५ वर्षीय देवलाल चौधरीको कोहलपुर मेडिकलमा उपचारको क्रममा आज बिहान ४ बजेतिर मृत्यु भएको हो । अन्य घाइतेको सोही मेडिकलमा उपचार भइरहेको दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । मोटरसाइकलमा दुईरदुई जना सवार थिए ।


ADVERTISEMENT

# # #