कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी १३४ वर्षीय बालिका निर्मला पन्तको न्यायको माग गर्दै कञ्चनपुरका महिला अधिकारकर्मीहरुले पनि जिल्ला प्रशासन कार्यालयको गेटमा धर्ना सुरु गरेका छन् । अधिकारकर्मीहरु गेटमै धर्ना बसेपछि जिल्ला प्रशासन कार्यालयको कामकाज ठप्प भएको छ ।


ADVERTISEMENT


पीडित परिवारको धर्ना यथावत रहेका बेला थप दवाव सृजना गर्न अधिकारकर्मीहरुले पनि धर्ना सुरु गरेका हुन् ।


ADVERTISEMENT

# # #


टाउकोमा कालोपट्टी बाँधेर छातीमा निर्मलाको तस्विरसहितको पोष्ट टाँसेर अधिकारकर्मीहरु धर्नामा बसेका हुन् । कार्तिक अन्तिम् सातादेखि पीडित परिवारले सुरु गरेको अनिश्चितकालिन धर्नामा सहभागि हुँदै आएका अधिकारकर्मीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरि सोमबारदेखि छुट्टै धर्ना सुरु गरेका हुन् । बिहान ११ देखि साँझ ४ बजेसम्म दुई दिन धर्ना बस्ने कार्यक्रम तय गरिएको छ ।

गेटमै धर्ना बसेपछि कामकाज ठप्प हुँदा सेवाग्राहीहरु मार्कामा परेका छन् । विभिन्न कामले आएका सेवाग्रहीहरु प्रशासन भित्र नपसेरै फर्किइरहेका थिए ।

तेस्रो दिन टर्च लाइट बालेर सांकेतिक रुपमा न्याय खोज्ने र चौथो दिन मानव सांग्लो बनाएर दवावमुलक रुपमा विरोध जनाउने कार्यक्रम रहेको नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले बताइन् । उनले त्यतिबेलासम्म पनि हत्यारा सार्वजनिक नगरिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताइन् । कार्तिक २५ देखि हत्यारा सार्वजनिक गर्न माग गर्दै पीडित परिवार पनि जिल्ला प्रशासन कार्यालयको अगाडि धर्नामा छ ।