काठमाडौँ– आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ ।


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


यस सम्झौता पश्चात बैकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निशुल्क रुपमा रु. १० लाख बराबरको दुर्घटना बीमा र रु. २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिनेछ ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निःशुल्क रुपमा रु.१० लाखको दुर्घटना बीमा तथा रु. २५ हजारको औषधोपचार बीमा हुने जानकारी दिँदै आफ्ना ग्राहकलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससंग बीमा सेवाको लागि संझौता गरिएको जानकारी दिए ।

त्यसैगरी आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए ।