काठमाडौँ– इन्डियन प्रिमियर लिग (आइपिएल) टि–२० क्रिकेटको टिम दिल्ली डेयरडेभिल्सले आफ्नो टिमको नाम र लोगो परिवर्तन गरेको छ। नयाँ दिल्लीमा मंगलबार एक समारोहका बीच टिमले नयाँ नाम र लोगो सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


यसअघि ‘दिल्ली डेयरडेभिल्स’ राखिएकोमा अब टिमको नाममा ‘डेयरडेभिल्स’ हटाएर ‘क्यापिटल्स’ थपिएको छ । नेपाली स्टार सन्दीप लामिछाने आवद्ध टिमको नाम अब ‘दिल्ली क्यापिटल्स’ रहनेछ ।


ADVERTISEMENT

# # #


सन् २००८ देखि लिगमा सहभागी हुँदै आएको दिल्लीले ११ सिजन प्रतियोगिता खेल्दा पनि एक पटक पनि फाइनल सम्मको यात्रा तय गर्न नसकेपछि क्लबले ठुलो कदम चालेको हो। पछिल्लो सिजन पनि खराब प्रदर्शन गरेको दिल्लीले १४ खेलमा ५ जित र ९ हार बेहोर्दै अंक तालिकाको पुछारमा रहेको थियो।

११ बर्षसम्मको दुर्भाग्य नदोहोर्याउन दिल्लीले नाम परिवर्तन गरेको बुझिएको छ ।

दिल्लीले आफ्नो नाम सहित ट्यागलाइन समेत परिवर्तन गर्दै “दिस इज न्यु दिल्ली” राखेको छ। सन् २००८ मा जीएमआर ग्रुपले दिल्ली टिमलाई ८४ मिलियन अमेरिकी डलरमा किनेको थियो ।

२०१९ मार्च अन्तिम साता आइपिएलको १२ औं संस्करण सुरु हुँदैछ । अघिल्लो वर्ष दिल्ली डेयरडेभिल्सबाट आइपीएलमा डेब्यू गरेका नेपाली स्टार स्पिनर सन्दीप लामिछानेले यो पटकपनि यसैटिमबाट खेल्दैछन् ।