भद्रपुर– झापाको चारआली प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्की घुस लिएको अभियोगमा सेवाबाट निलम्बनमा परेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रसनी कार्कीले जिल्ला प्रशासन कार्यालयबाट तारेखमा रिहा भएका मेचीनगर नगरपालिका–१३ का यादव भट्टाराईसँग आफूले छुटाइदिएको भन्दै सोमबार रु १५ हजार घुस लिएका थिए ।


ADVERTISEMENT

# # #


इलाका प्रहरी कार्यालय अनारमनीमा भट्टाराईविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको थियो । जिल्ला प्रशासन कार्यालयले रु आठ हजार धरौटीमा भट्टाराईलाई आइतबार रिहा गरेको थियो । घुस लिएको हल्ला फैलिएपछि कार्कीले हिजै सो रकम फिर्ता गरेका थिए ।

घुस लिएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले प्रसनी कार्कीलाई स्पष्टिकरण सोधेको थियो । प्रारम्भिक छानबिनबाट सो घटनामा प्रसनी कार्कीको सङ्लग्नता देखिएका कारण आजै पदबाट निलम्बन गरी आवश्यक अनुसन्धान कारवाही अघि बढाइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । रासस