काठमाडौं । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएको छ ।


ADVERTISEMENT


मङ्सिर १३ गतेदेखि जारी पार्टीको केन्द्रीय समिति बैठकमा उक्त मस्यौदामाथि छलफल भइरहेको छ । बुधबार बिहान ११ बजेका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।


ADVERTISEMENT

# # #


मंगलबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद, धनराज गुरुङ, गगनकुमार थापा, गोविन्द भट्टराई, गुरुराज घिमिरे, लक्ष्मी परियार, आनन्द ढुङ्गना, चीनकाजी श्रेष्ठ तथा आमन्त्रित सदस्य नरेन्द्रकुमार चौधरी र रमा कोइरालाले आ–आफ्नो धारणा राखेका थिए ।

कांग्रेसले पार्टीको विधानलाई सङ्घीय संरचनाअनुसार परिमार्जित गर्न विधान संशोधनको प्रस्ताव तयार गरेको छ । पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तावित विधानको मस्यौदा यही मङ्सिर ९ गतेको केन्द्रीय समिति बैठकमा पेश गरेका थिए ।