काठमाडौं । प्रहरीको आग्रहमा फ्रेन्च लिग वान फुटबल अन्तर्गत लिग लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) र मोन्टपेलियरबिचको खेल स्थगित भएको छ ।
पिएसजी र मोन्टपेलियरबिच पेरिसमा शनिबार हुने भनिएको खेल प्रहरीको आग्रहमा रोकिएको हो ।


ADVERTISEMENT


फ्रान्सका प्रमुख शहरहरुमा इन्धनको मूल्य बढेको विरोधमा तीन हप्तादेखि प्रदर्शन भएको छ । प्रदर्शनले हिंसात्मक रुप लिँदै गएको छ र आउँदो सप्ताअन्तमा ‘ऐल्लो भेस्ट’ प्रदर्शन थप कडा गर्ने तयारी प्रदर्शनकारी गरेकाले खेल रोक्न प्रहरीले आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


खेलको नयाँ मिति चाँडै तय हुने पिएसजीले जनाएको छ । पिएसजीले अबका दुई खेल अवे मैदानमा खेल्नेछ । पिएसजीका प्रशिक्षक थोमस टुसिलले खेल पछि सार्न गरिएको आग्रह आफूहरुले स्वीकार गरेको बताएका छन् ।