काठमाडौं । बुधबार देशका पूर्वी र पश्चिमि भूभागका साथै मध्य पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


ADVERTISEMENT


उच्च पहाडी भूभागमा सामान्य हिमपातको पनि सम्भावना रहेको र अन्य क्षेत्रमा सामान्यतया मौसम सफा रहने मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् ।


ADVERTISEMENT

# # #


तराई क्षेत्रमा बिहान हुस्सु लागेको भएपनि मध्यान्नपछि घाम लाग्ने उनले बताइन् । बुधबार राति पनि पहाडी भूभागमा आंशिक बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने अनुमान मौसमविदको छ ।

बुधबार बिहान ६ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

मंगलबार अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस मापन भएकोमा बुधबार १७ देखि १९ डिग्री सेल्सियसको बिचमा अधिकतम तापक्रम रहने मौसमविद नगरकोटीले बताइन् ।