काठमाडौँ । चर्चित रियालिटी शो नेपाल आईडलबाट यस अघिको नेपाली तारा शोका बजेता प्रताप लामा बाहिरिएका छन् । नेपाली तारा बनिसकेका लामा १८ प्रतिस्पर्धीहरु भन्दा माथि जान नसकेपछि उन्का फ्यानहरुले असन्तुष्टि पोखेका छन् ।


ADVERTISEMENT


दर्शकहरुको भोटको आधारमा निर्धारण हुने भनिएको नतिजामा प्रतिस्पर्धीहरुले पाएको मतसंख्या सार्बजनिक नगर्दा परिणामको बिश्वासनीयतामा प्रश्न गरिएको छ । प्रतापका फ्यानहरुले गोप्य राखिएको भोटिङ मत सार्बजनिक गर्न आयोजकलाई आग्रह समेत गरेका छन् ।


ADVERTISEMENT

# # #


‘जुन आधारमा निर्णय गर्ने भनिएको छ, त्यो नै किन लुकाईएको हो’ दर्शकहरुको आक्रोस छ ‘कस्ले कति भोट पाए भन्ने जान्न पाउनु सूचनाको हक पनि हो, त्यो स्पष्ट पारियोस ।’

भोट सार्बजनिक नगर्दा सम्म फैसला मान्न नसकिने समेत दर्शकहरुको चेतावनी छ ।

प्रतिस्पर्धीहरुलाई बिदाई गर्दै गर्दा अन्य भन्दा कम भोट आएको मात्रै भनिएको तर पाएको भोट संख्या नबताईँदा प्रतिस्पर्धाको पारदर्शीतामा आशँका उब्जिएको दर्शकहरुको भनाई छ ।

बिदेशहरुमा हुने गरेका यस्ता शोहरुमा प्रतिस्पर्धीहरुले पाउने भोटसंख्या सार्बजनिक गर्ने गरिन्छ । निर्णायक हुने सर्बसाधारणहरुको भोट कुन प्रतिस्पर्धीहरुले कति पाए भन्ने तथ्य सार्बजनिक गर्न नेपाल आईडल कार्यक्रम समक्ष जोडदार माग गरिएको छ ।