काठमाडौँ– धर्मप्रचारको आरोप लागेको एशिया प्यासिफिकको सम्मेलनमा सरकार सहभागी भन्दै आरोप लागेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मुख खोलेका छन् । प्रधानमन्त्री ओलीलले सम्मेलनले नेपालको छबी उच्च पारेको दाबी गरेका हुन् ।


ADVERTISEMENT


उनले सम्मेलनमा आफूले बोलेको कुरामा खोट देखिए आफू बहस गर्न तयार रहेको भन्दै बुद्धिजिवीलाई चुनौति दिएका छन् । एसिया प्यासिफिक समिटको एजेण्डा ‘आजका साझा चुनौती र त्यसको समाधान कसरी गर्ने’ भन्ने भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यसमा नेपालको अवधारणा के हो ? नेपालले के भन्छ भन्ने कार्यकारी प्रमुखको हिसावमा मैले बोलेका कुराहरु नेपालले बोलेका कुरा हुन् । नेपालको भनाइ मैले भनेको छु । मेरो बोलाइमा कुनै खोट छ भने बहस गर्न तयार छु ।’


ADVERTISEMENT

# # #


उनले ओलीले अतिथि देवो भवः भन्ने नेपाली संस्कार भएको र पाहुनाको धर्म र जात नहेरिने बताए । एसिया प्यासिफिक सम्मेलन ठूलो स्केलको सम्मेलन भएको र ४५ देशका मानिसहरु आएको भन्दै उनले खुसी व्यक्त गरे ।

‘१२–१५ देशका राष्ट्रप्रमुख, सरकार प्रमुख आए । सभामुखहरु आए । राष्ट्रपति, उपराष्ट्रपति, राजा, प्रधानमन्त्री, मन्त्रीहरु पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वसभामुख आए’ ओलीले भने, ‘यसमा मुस्लिम, बुद्ध धर्मावलम्बी, क्रिश्चियन र हिन्दु धर्माबलम्बीहरु आए, जसलाई हामीले अतिथिका रुपमा स्वागत गर्‍यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘फेरि हामी भिसा चेक गर्दा, आमन्त्रण गर्दा, धर्म हेरेर गर्दैनौँ ।’

प्रधानमन्त्रीले भने, ‘मैले त्यहाँ दुईवटा प्रवचन दिएको छु । त्यसमा कहीँ कतै, कसैको टिप्पणी छ भने नेपालको धारणाको प्रतिनिधित्व प्रधानमन्त्रीले गरेन, प्रधानमन्त्रीको बोलीमा नेपालको बोली आएन, नेपालको संविधानको प्रतिनिधित्व भएन, संस्कृति, परम्पराको प्रतिनिधित्व भएन भन्ने ठाउँ छ ? छ भने बहसका लागि म तयार छु ।’

ओलीले थपे, ‘होइन भने एउटा बुद्ध धर्मावलम्बीले बोल्न थाल्यो भने बुद्धम शरणम गच्छामीबाट सुरु गर्छ । हिन्दुले सुरु गर्‍यो भने सर्वे भवन्तु सुखिनबाट सुरु गर्ला अथवा अर्कोबाट सुरु गर्ला । उसको धर्म, उसको विश्वास निजी विषय हुन् ।’

कार्यक्रमको उद्देश्य र छलफल कुनै धर्मसँग सम्वन्धित नभएको प्रधानमन्त्रीले आफ्नो बचाउ गरेका छन् ।

युनिभर्सल पिस फाउण्डेसनले लिएको एक लाख डलरको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ अवार्ड जायज रहेको बताएका छन् । ‘जुन सम्मान र पदक मैले पाएको हुँ, त्यो नेपाली जनताको सफलताको, नेपाली जनताको बलिदानीपूर्ण संघर्षले पाएको सम्मान हो’ उनले भने, ‘जुन बहुत जायज हो ।’ प्रधानमन्त्रीले भने ।

सम्मेलनमा सबैले नेपालको उपलब्धीको प्रशंसा गरेको र त्यसको नेतृत्व गरेको तथा सुशासनको पक्षमा काम गरेकाले आफूलाई यो सम्मान दिएको उनले बताए ।