काठमाडौँ– असार १४ गते हुने स्थानीय चुनावका लागि आजबाट मतदाता परिचयपत्र वितरण सुरु गरिँदैछ । मतदाताहरुले असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट परिचयपत्र लिन सक्नेछन् ।


ADVERTISEMENT


दोस्रो चरणमा चुनाव हुन लागेका प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ जना मतदाता छन् ।


ADVERTISEMENT

# # #


मतदाता परिचयपत्र लिन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर स्वयं जानुपर्ने निर्वाचन आयोगका सहप्रवक्ता मुकुन्द शर्माले बताए । नागरिकता, लाइसेन्स, पासपोर्ट वा अन्य कुनै परिचयपत्र देखाएरमात्र मतदाता परिचयपत्र पाउन सकिनेछ । मतदान स्थलमा जान नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्ति, अशक्तहरूको मतदाता परिचय लिनका लागि एकाघरको परिवारको सदस्य भएको यकिन गरी दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्नेछन् । त्यस प्रयोजनका लागि आयोगले सुरक्षाकर्मी बाहेक ६६ हजार ९०० कर्मचारी परिचालन गरेको छ ।

परिचयपत्रसँगै मतदाता शिक्षा पनि दिइने निर्वाचन आयोगले जनाएको छ ।