काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।


ADVERTISEMENT


टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित हात पार्ने लक्ष्यमा छ ।


ADVERTISEMENT

# # #


चितवन पनि आफ्नो पहिलो खेलमा जित हात पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा छ । पहिलो खेल विहान ९ बजेदेखि सुरु हुनेछ ।

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने छ । दुवै टिमको यो पहिलो खेल हो । आ-आफ्नो पहिलो खेलमा नै जित हात पार्ने दाउमा दुवै टिम छन् ।

प्रतियोगितामा विराटनगर, ललितपुरसँगै काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।