काठमाडौं । काठमाडौंको तापक्रम घट्ने क्रम रोकिएको छैन । शनिबार ५ दशमलव २ मापन गरिएको काठमाडौंको तापक्रम आइतबार बिहान ४ दशमलव ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


४० वर्षअघि सन् १९७८ को जनवरी ११ मा काठमाडौंको न्युनतम तापक्रम अहिलेसम्मकै कम माइनस ३ दशमलव ५ डिग्रीसम्म पुगेको थियो ।


ADVERTISEMENT

# # #


यस्तै आइतबार दिउँसो पहाडी भेगमा आंशिक बद्लीको सम्भावना रहेको छ भने पूर्वी र पहाडी भेगका १,२ ठाउँमा छिटफुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँको मौसम भने सफा रहने मौसमविद् सुवास रिमालले जानकारी दिए ।