काठमाडौं । दक्षिण अमेरिकी क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता कोपा लिबर्टाडोरेसको फाइनलको दोस्रो लेग आइतबार हुँदैछ । स्पेनको राजधानी यो खेल मड्रिडस्थित सान्टियागो बर्नाबाउमा नेपाली समयअनुसार राति सवा एक बजे हुनेछ ।


ADVERTISEMENT


अर्जेन्टिनाका दुई बलिया टोली बोका जुनियर्स र रिभर प्लेटबीचको फाइनलको दोस्रो लेग अघिल्लो महिना नै हुनेपर्ने थियो । तर, रिभर प्लेटको मैदानमा दोस्रो लेग खेल्न जाँदा घरेलु समर्थकले बोकाका खेलाडी बोकेको बसमा आक्रमण गरेपछि केही खेलाडी घाइते समेत भए । त्यसपछि खेल स्थगित गरिएको थियो ।


ADVERTISEMENT

# # #


याे घटनालाई लिएर बोका जुनियर्सले दक्षिण अमेरिकी फुटबल महासंघसमक्ष रिभर प्लेटलाई प्रतिबन्ध लगाउन समेत भनेको थियो । तर महासंघले फाइनलको दोस्रो लेग मड्रिडमा खेलाउने निर्णय गर्‍याे ।

बोका जुनियर्सले भने फेरि खेल स्थगित गर्नका लागि खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय मृद्धा हेर्ने अदालत (कोर्ट अफ आर्विटेसन फर स्पाेर्ट्स–कास)मा अपील गरेको थियो । सो अपील कासले अस्वीकार गरेपछि खेल आइतबार नै हुने पक्का छ ।

बोका जुनियर्सको मैदानमा भएको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।