काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ ।


ADVERTISEMENT


कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । यसअघि हिजो भएको उद्घाटन खेलमा ललितपुर विराटनगरसँग ३ विकेटले पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


जितसँगै दुई खेल खेलेको ललितपुरले २ अङ्क जोडेको छ । ललितपुरले दिएको १४४ रनको लक्ष्य पच्छाएको चितवन बीस ओभर पूरै खेल्दै आठ विकेटको क्षतिमा १३२ रनमा समेटियो । चितवनको लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४१ रन जोडे । कप्तान पृथु बास्कोटले २६, भीम सार्कीले २१, गर्जयो स्कोटले १८ तथा जोन सिम्पसमले १३ रन जोडनुबाहेक अन्यले दोहोरो रन बनाउन सकेकनन् । ललितपुरका सन्दिप लामिछानेले ३ तथा सन्नी पटेलले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रनको योगफल बनाएको थियो । उसका लागि सोनु तामाङले अविजित ३५ रनको योगदान दिए भने सन्दिप जोराले २५, गौरव तामोरले ३० , जयकिशन कोल्शावालाले २०, सन्नी पटेलले १९ तथा कप्तान ज्ञानेन्द्र मल्लले ३ रन जोडे । चितवनका जर्ज स्कटले २ विकेट लिए भने पाउल स्टर्लिङ, कमलसिंह ऐरी र ललितसिंह भण्डारीले एक एक विकेट लिएका थिए ।