– कुसुम भट्टराई


ADVERTISEMENT


एमाले नेता माधवकुमार नेपालले केही समयपहिले संसदमा ‘देश डुब्न लाग्यो माझी बचाइदेउ’ भन्दै प्रधानमन्त्री केपी ओलीको सत्तोसराप गरेको हामी सबैले सुनेकै हो । सबैलाई लाग्यो कि अब नेकपाभित्र माधव र ओलीवीच खटपट परेछ । तर, क्रिश्चियनहरुको संस्थाले आयोजना गरेको हालैको सम्मेलनमा जब ओली र माधव एकसाथ शक्रिय भएको देखिए, तब माधवको असली नियतको पनि पोल खुल्यो ।


ADVERTISEMENT

# # #


जानकार सूत्रहरुका अनुसार नेपालमा एशिया प्याशिफिक सम्मेलन गर्ने कुराको तयारी गएको जेठबाटै भएको रहेछ र नेपालका प्रधानमन्त्रीका तर्फबाट सबैलाई निमन्त्रणा पठाउने तयारी गर्न मुनका एजेन्टहरु यहाँ शक्रिय भएका रहेछन् । नेकपा नेता माधव नेपाल नै यसमा विशेष लागिपरेका रहेछन् । माधवले एशिया प्याशिफिक सम्मेलनको सहआयोजक सरकार नै बन्नुपर्ने र सरकार नै यसमा बढी शक्रिय हुनुपर्ने प्रस्ताव प्रधानमन्त्री ओलीसँग राखेका रहेछन् । प्रधानमन्त्रीका सल्लाहकारहरुले क्रिश्चियन धर्म प्रचारको संस्थाको सम्मेलनमा यसरी सरकार र प्रधानमन्त्री नै खुलेर लाग्न नहुने सल्लाह दिएकाले ओली त्यसका लागि तयार भएनन् ।

प्रधानमन्त्रीले आफ्नो कुरा नमानेको झोंकमा माधवले संसदमा सरकारका विरुद्ध चर्को आक्रोश ओकलेको, देशै डुब्न लागेको, सरकार अलोकप्रिय भएको, सरकारका मन्त्रीहरु बदनाम भएको भन्दै आलोचना गरे । माधवको त्यस्तो रौद्र रुपले कतै सरकार र पार्टीमा आफ्नो सन्तुलन गुम्ने त हैन ? भन्ने भय प्रधानमन्त्री ओलीमा पलाएको हुनुपर्छ । माधवलाई साइजमा ल्याउन अर्थात शान्त पार्न नै उनले भने बमोजिम ओली सारा अबगालरुपी कालकुट विष पिउन तयार भएको जानकार सुत्रहरु बताउँछन् ।

बालुवाटार निकट सुत्रहरुका अनुसार अचेल प्रधानमन्त्री किचन क्याबिनेटका छलफलहरुमा ‘माधवजीले मलाई फँसाउनु भो’ भन्न थालेका छन् रे ।

यसबाट के देखिन्छ भने माधव र ओलीको आपसी कलह या स्वार्थको टकरावको फाइदा क्रिश्चियन मेसीनरीले उठायो । डिभाइड एन्ड रुल गर्न उनीहरु सफल भए । यसमा डलरको ठूलै खोलोको बगेको पनि देखियो । प्रधानमन्त्रीले आफ्नो सत्ता जोगाउन देशकै स्वाभिमान, आफ्नै शानलाई मुनसामु झुकाउने हर्कत भएपछि सर्वत्र विरोध भइरहेको छ र कानुनविद्हरुले प्रधानमन्त्रीबाट गैरकानूनी रुपमा पुरस्कार ग्रहण गरिरहेको पनि बताइरहेका छन् ।

जे होस्, कुनैबेला अमेरीकी साम्राज्यवाद र भारतीय विस्तारवादको चर्को विरोध गर्ने नेपालका कम्युनिस्टहरु यतिबेला साम्राज्यवाद र विस्तारवादको ‘नयाँ नोकर’ बन्न पुगेका छन् । २०४६ सालअघिसम्म भारत र अमेरीकाविरुद्ध नेपालका कम्युनिस्ट र त्यसमा पनि तात्कालीन माले निकै आक्रामक थियो । उनीहरु भारतीय विस्तारवाद र अमेरीकी साम्राज्यवादको उग्र विरोध गर्थे । तिनताक भारतमा चारु मजुमदारको नक्सवादी आन्दोलन पनि उफानमा थियो भने नेपालमा कम्युनिष्टहरुको छवि राम्रो थियो ।

पंचायतको पतन र बहुदलको आगमनताका अर्थात सन् १९९० तिर विश्वमा साम्यवादको वर्चश्व कमजोर भयो । रुसमा समाजवादको पतन भयो । हार्डलाइनर नेता गेन्नाडी यानायेभको कूको कोशीस असफल हुनासाथ सोभियत संघ विघटन भयो र अमेरिका नै केही समय एकक्षत्र सुपर पावर रहन गयो ।

विश्वमा समाजवादको पतन, नवउदारीकरण र बजारमुखी अर्थतन्त्रको बढ्दो लहरकाबीच नेपालमा पनि त्यसको हावा पसिहाल्यो र त्यतिबेलाको शसक्त दल काँग्रेस यो विश्वव्यापी लहरबाट मुक्त हुन सकेन । उता, बहुदलीय प्रतिस्पर्धामा आएका कम्युनिस्टहरुले पनि काँग्रेसकै पथ पछयाए । यही कारण पश्चिमाहरुका नजरमा नेपालको कम्युनिस्ट आन्दोलन खासै समस्या रहेन । किनकी मदन भण्डारीको जनताको बहुदलीय जनवादमार्फत मुलधारको कम्युनिस्ट नाम मात्रको कम्युनिस्ट रहन गयो र मनमोहन अधिकारीका शब्दमा कम्युनिस्टको ट्रेडमार्क मात्र झुण्डयाउन थालियो । एमालेको वल्खु कार्यालयमा अमेरीकी राजदूत आउँदा मार्क्स लेनिनका फोटा हटाइए । एमाले साँसदहरुलाई अमरीकी साँस्कृतिक केन्द्रमा अंग्रेजी भाषा सिक्न पठाउन थालियो ।

नेपालका कम्युनिस्टहरु ल्याटीन अमेरिका, चीन, उत्तर कोरियाका कम्युनिस्टहरुजस्तो सच्चा नभएको कुरा पश्चिमाहरुले बुझे । त्यसैले एमालेसँग पश्चिमाहरुको हिमचिम बढदै गयो र नेपालमा पश्चिमा एनजीओहरुको चँगुलमा एमाले फँस्दै गयो । ९० को दशकपछि नेपालमा एमालेसँग निकट रहेका इनसेक, इन्हुरेड, सिविन, सिभिक्टलगायतका एनजीओहरुले डलरको खेती गर्न थाले । ति सबैलाई व्यवस्थित गर्न एमालेले ‘एनजिओ विभाग’ नै गठन गर्यो र त्यसको संयोजक प्रदीप नेपाललाई बनाइयो ।

पश्चिमाहरुको दाउ

जतिबेला नेपालमा राजतन्त्र ढाल्ने संघर्ष चलिरहेको थियो, त्यतिबेला पश्चिमा चाहन्थे, धर्म निरपेक्षता र संघीयताका नाममा नेपालमा जातीय, धार्मिक र राजनीतिक विवाद अनि बिखण्डनको बिउ रोप्ने र त्यही अस्थीरता र अन्यौलको फाइदा उठाएर चिनलाई घेर्ने ।

यसरी पश्चिमाहरुकास्वार्थको चक्रव्यूहमा नेपालका लोभीपापी नेताहरु फसे । कसैलाई राष्ट्रपति हुनुपरेको थियो, कसैलाई प्रधानमन्त्री र मन्त्री । गरीब परिवारबाट राजनीतिमा आएका हिन मानसिकता बोकेका नेपाली नेताहरुलाई पाँचतारे होटलका सस्वादु भोजन र वाइनहरुको चस्का लागिसकेको थियो र त्यसकै लागि उनीहरुले नेपाली स्वाभिमान, समृद्धि, स्वतन्त्रतालाई विदेशीको स्वार्थमा बन्धकी राखे र अन्ततः मुलकमा गणतन्त्रको खोल ओढेर पराधीन परीपाटीको सुरुवात भयो ।

धर्म निरपेक्षताको बर्को ओढेर चीनलाई घेर्ने नाममा पश्चिमाहरुले जसरी नेपाललाई रणनीतिक परेड मैदान बनाइरहेका छन्, त्यो भारतका लागि पनि खतरा हुनसक्छ । यसतर्फ भारत पनि सजग हुनुपर्छ ।

ओली सरकार गठन भएपछि एनजीओ आइएनजीओमाथि नियन्त्रण गर्ने घोषणा गरिएको खबर सुनेर यो पंक्तिकार मनमनै हाँसेको थियो । किनकी, यो कुरा अहिलेका शासकबाट हुनै नसक्ने कुरा हो । जो स्वयम् एनजीओ आइएनजीओ र पश्चिमा स्वार्थको गोटी बनेको छ, उसबाट कसरी त्यो सम्भव होला र ? भन्ने प्रश्न थियो ।

उदाहरणका लागि प्रधानमन्त्री केपी ओलीको इर्दगिर्द पश्चिमा एनजीओ आइएनजीओबाट पालित पोषित मानिसहरुकै बोलबाला देखिन्छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल तात्कालीन एमालेको भातृ संगठन जिफन्टका हर्ताकर्ता हुन् र जिफन्टले एनजीओहरुकै प्रायोजनमा प्रायः विभिन्न कार्यक्रम गर्दै आएको हुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्याल अमेरीकी गुप्तचर संस्था सिआइएको छायाँ संगठन एशीया फाउण्डेशनको तालिममा सहभागी भएका र लामो समय इनसेक नामक एनजीओमा कार्यरत रहेका मानिस हुन् । अर्यालका मामा खलक अर्थात सुवोधकुमार प्याकुरेल एन्ड कम्पनीहरु पनि एनजीओका खेलाडि नै हुन् भन्ने जगजाहेर छ ।

केही समयपहिले जिवराम भण्डारीसँगको अन्तर्वार्तामा सगरमाथा टेलिभिजनमा एमालेकै नेता कमल कोइरालाले भनेका थिए कि एमालेले पनि अर्जुन कार्कीमार्फत चुनावमा अमेरिकालगायतका पश्चिमा मुलुकबाट आर्थिक सहयोग भित्रयाएको छ ।

हिन्दु राष्ट्रको आवाज

यहाँसम्म आइपुग्दा नेपालका कम्युनिष्टहरुले पश्चिमाहरुसँगको आफ्नो साँठगाँठलाई जनताका नजरमा क्रान्तिकारीताको खोलले ढाक्न सफल भएका थिए । तर, यसै साता एकनाढ ढकालले आयोजना गरेको युनिभर्सल पिस फाउन्डेशन नामक सिआइएको बुख्याँचा संस्थाको कार्यक्रममा नेकपा(नेकपा)का नेताहरु डा. सुरेन्द्र केसीका शब्दमा ‘कट्टु मात्र लगाएर’ देखा परे । अर्थात् उनीहरुको इन्डोवेस्ट साँठगाँठ मजैले एक्सपोज भयो ।

अनि एक टेलिभिजन अन्तर्वार्तामा राजनीतिक विश्लेषक भरत दाहालले भने, ‘मदन भण्डारी र राजा विरेन्द्रको हत्यामा को को सँलग्न रहेछन् भन्ने कुरामा अब कुनै दुइमत रहेन ।’
चीनको बढ्दो आर्थिक बृद्धि रोक्न पश्चिमाहरुले नेपालका करीब करीब सबै दलहरुलाई किनिसकेका रहेछन् र तिनीहरु उनीहरुकै रणनीति बमोजिम चलीरहेका रहेछन् भन्ने कुरा जगजाहेर भएपछि यतिबेला नेपालको देशभक्त र लोकतान्त्रिक बहुसँख्यक पँक्ति चिन्तीत छ । उनीहरुको मनमा एउटै प्रश्न खडा भएको छ, कतै धर्म निरपेक्षता र सँघीयतामा गएर हामीले गल्ती त गरेनौं ? कतै हिन्दु राष्ट्रले नै हामीलाई आजसम्म बचाइरहेको त थिएन ? कतै हिन्दु राष्ट्रमा जानु नै अब नेपालाई विदेशीको चँगुलबाट बचाउने एकमात्र उपाय हो की ?

धर्मनिरपेक्षताको अर्थ नेपालको बर्बादी हो भने डा. केबी रोकायाले झैं सबैले यसबारेमा पुनर्विचार गर्नुपर्छ । क्रिश्चियन अभियन्ता डा. रोकायाले भन्नुभएको छ, ‘हिजो म धर्म निरपेक्षताका लागि लागें, तर अहिले आएर स्पष्ट भएको छ कि यो नेपालका लागि उपयुक्त रहेनछ ।’

र, धर्म निरपेक्षताको बर्को ओढेर चीनलाई घेर्ने नाममा पश्चिमाहरुले जसरी नेपाललाई रणनीतिक परेड मैदान बनाइरहेका छन्, त्यो भारतका लागि पनि खतरा हुनसक्छ । यसतर्फ भारत पनि सजग हुनुपर्छ ।

हुन त, केही समय यता रुसको पहलका कारण भारतले चीनसँग पनि मित्रताको न्यानो हात बढाइरहेको छ । पाकिस्तानसँग पनि भारतको सम्बन्धमा पहिलाभन्दा धेरै सुधार आएको छ । शिख धर्म गुरुको मन्दिरसम्म जान दुबै देशका जनतालाई सजिलो होस् भनेर सिमामा लागेको काँडेतार हटाइएको छ । यो सुखद कुरा हो । नेपालमा धर्म निरपेक्षताको आडमा भइरहेको पश्चिमा घुसपैठ रोक्ने दायित्व भारत र चीनको पनि हो र यसको एउटै अस्त्र हो, हिन्दु राष्ट्र नेपाल ।