काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा वृद्धि भएको छ ।


ADVERTISEMENT


नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १० दशमलव ८५ बिन्दुले बढेर एक हजार १३१ दशमलव सात बिन्दुमा पुगेको छ ।


ADVERTISEMENT

# # #


यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६८ बिन्दुले बढेर २४१ दशमलव ०२ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको सात लाख १४ हजार ६१८ कित्ता शेयर रु २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरीद बिक्री भएको छ ।

कारोवार भएका उपसमूहमध्ये वित्त र उत्पादन उपसमूहको शेयर घटेको छ । वित्त शून्य दशमलव २४ र उत्पादन १० दशमलव ०३ बिन्दुले घटेको हो ।

यस्तै बैंकिङ १३ दशमलव ५१, व्यापार दुई दशमलव २, होटल आठ दशमलव ९५, विकास बैंक १२ दशमलव ०९, जलविद्युत् ११ दशमलव १, निर्जीवन बीमा ३९ दशमलव ८९, अन्य ४ दशमलव १२, माइक्रोफाइनान्स ४ दशमलव ९६ र जीवन बीमा ६ दशमलव ६४ बिन्दुले बढेको छ