काठमाडौं – टंकबहादुर बस्नेतको निर्णायक गोलमा बिग्रेड ब्वाइजलाई पराजित गर्दै विभागीय क्लब त्रिभुवन आर्मीले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पाँचौ जित दर्ता गरेको छ ।


ADVERTISEMENT


जितसँगै आर्मी ७ खेलबाट १७ अंकसहित लिग तालिकाको चौथो स्थानमा यथावत छ । सातोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले गोलका लागि ६६ औं मिनेट कुर्नुपर्यो ।पहिलो हाफमा आक्रमक खेलेपनि गोलरहित बराबरी खेलेको आर्मीले ६६ औं मिनेटमा अग्रता बनाएको हो ।


ADVERTISEMENT

# # #


आर्मीलाई अग्रता दिलाउन टंक बस्नेतले सन्तोष तामाङको क्रसमा हेडमार्फत गोल गरे । यसअघि पहिलो हाफमा आर्मीले गोल गर्ने दुइ सुन्दर अवसर अवसर खेर फालेको थियो । १९ औं मिनेटमा डि–बक्स बाहिरबाट पाएको फ्रिकिकमा सन्तोष तामाङले प्रहार गरेको बल बाहिरिदाँ आर्मी अग्रता लिनबाट चुकेको थियो । ३९ औं मिनेटमा आर्मीका टेक बहादुर बुढाथोकीले राम्रो हेडर गरेपनि बल बारमाथि बाहिरिएको थियो । रक्षात्मक खेलेको बिग्रेड बाँकी समय खेलमा फर्किन नसक्दा आर्मी टंकको निर्णायक गोलमा बिजयी भयो ।

आर्मीलाई जिताउन महत्वपुर्ण भूमिका खेलेका टेक बहादुर बुढाचोकी म्यान अफ द म्याच भए ।यसअघि आर्मीले छैठौं चरणको खेलमा फेन्ड्रस क्लबसंग गोलरहित बराबरी खेलेको थियो । आर्मीका दुइ महत्वपुर्ण खेलाडी मैदान बाहिर रहँदा अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन् । आजको जितसंगै तिन अंक जोडेको आर्मीलाई लक्ष्यमा पुग्न केही राहात भएको छ । लगातार पराजित बिग्रेडले ५ खेलमा हार ब्यहारेको छ भने १ मा जित र १ मा बराबरी खेलेको छ ।