गौशाला– महोत्तरी जिल्लाको दक्षिण पश्चिमवर्ती क्षेत्रको आधा दर्जन गाउँमा एकैसाथ १०० भन्दा बढी नीलगाई देखिएको छ ।


ADVERTISEMENT


भारतसँग सीमा जोडिएका मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिण्डा, शम्सीलगायत गाउँमा दुर्लभ वन्यजन्तुका रुपमा रहेको नीलगाई १०० भन्दाबढीको सङ्ख्यामा देखिएको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका हुन् । उनीहरुले यसअघि कहिले नदेखिएको गाईजस्तै तर नीलो रङको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँलेको वनमा ओइरो लागेको इटहर्वाका अजय मण्डलले बताए ।


ADVERTISEMENT

# # #


सयौँको सङ्ख्यामा रहेका ती नीलगाईले त्यस क्षेत्रका वनमा लगाइएको अन्नबाली र तरकारी बालीमा हुलका हुल प्रवेश गरेर खानुका साथै नष्टसमेत गरेको मनराका रवीन्द्र भगतले बताए । जिल्लाको सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका नीलगाईले वन नजिकैको सबै बालीनाली नष्ट पारेको र धपाउनका लागि जाने मानिस देख्नेबित्तिक्कै भाग्ने गरेको एकडाराका गोपाल झाले बताए ।

महोत्तरीको माथिल्लो उत्तरी र पश्चिमी भागमा रहेका वन जङ्गलमा डढेलो, चोरी सिकारीजस्ता क्रियाकलापका कारण नीलगाई जिल्लाको तल्लो पश्चिम दक्षिण क्षेत्रतिर आएको हुन सक्ने स्थानीयवासीको अनुमान छ ।