इलाम– नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएको छ ।


ADVERTISEMENT


सूर्योदय नगरपालिकास्थित कन्याममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको आरोप लगाए ।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्री खनालले चुनावपछि मुलुक आर्थिक समृद्धितर्फ अघि बढ्ने विचार व्यक्त गरे । एमालेले नेतृत्व सम्हालेपछि मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ता, लोकतन्त्रको संस्थागत विकास, सामाजिक–आर्थिक रूपान्तरण, संस्कृतिको जगेर्ना र सन्तुलित विदेश नीति लिएर एमाले अघि बढ्ने उनको भनाइ छ ।

नेता खनालले इलामको पर्यटकीयस्थल, सम्भावनायुक्त र आर्थिक समृद्धि हुने क्षेत्र भएकाले पर्यटकीय पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।