काठमाण्डौ – शिवम् सिमेन्ट लिमिटेड र महसञ्चारकाबीचमा सहकार्य भएको छ । महसञ्चार समुहले निर्माण गर्न लागेको नेपाली कथानक चलचित्र “दाल भात तरकारी”का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ बिहीबार सम्झैतापत्रमा हस्ताक्षर भएको छ ।


ADVERTISEMENT


उक्त सम्झैतापत्रमा कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका उपाध्यक्ष सजन देवकोटाको उपस्थिति रहेको थियो भने मह सञ्चारको तर्फबाट हरिबंश आर्चाय, मदनकृष्ण श्रेष्ठ, किरण केशी, सुदन के.सी, मोहित बंश आचार्य लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।


ADVERTISEMENT

# # #


मनोरञ्जनको मामलामा ‘नो कम्पर्माइज’ भन्ने नाराका साथ शिवम् सिमेन्टले महसञ्चारको पछिल्लो फिल्म ‘शत्रूगते’मा पनि सहकार्य गरेको थियो । जसबाट दुबै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप आज शिवम् सिमेन्ट र मह संचार विच आगामी चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।

उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा मह सञ्चारका तर्फबाट किरण के.सी.ले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्राण्डको सहर्काय गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राडलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउदै शिवम् सिमेन्टप्रति आभार व्यक्त गरे ।

चलचित्र आगामी बैशाखमा रिलिज हुन गइरहेको छ र मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, किरण के.सी., शिवहरी पौडेल, राजाराम पौडेल, निरुता सिंह, प्रियांका कार्की, बर्षा रावत, आँचल शर्मा, विल्सन बिक्रिम राई, रविन तामाङ, शिशिर वाङदेल लगायतका कलाकारहरु रहेका छन् । चलचित्रको निर्देशन शुदन के.सी. ले गर्न लागेका हुन् ।

शिवम् सिमेन्ट लिमिटेडले ‘नो कम्पर्माइज’ नाराका साथ शिक्षा, स्वास्थ्य, खेलकुद लगायतका विभिन्न क्षेत्रहरुमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ ।