काठमाडौं । अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’को नयाँ गीत सार्वजनिक भएको छ। ‘रहर छ सँगै’ बोलको गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर रहेको छ भने सङ्गीत अर्जुन पोखरेलको छ।


ADVERTISEMENT


गीतमा शब्द दिग्गज धौरालीको रहेको छ। गीतमा नायक अनमोल केसी र नायिका उपासना सिंह ठकुरीलाई फिचर्ड गरिएको छ।


ADVERTISEMENT

# # #


चलचित्रमा नायक अनमोल केसीलाई पहिलो पटक फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ।

दिवाकर भट्टराईको निर्देशनमा बनेको चलचित्रको निर्माता भुवन केसी र अनमोल केसी रहेका छन्। चलचित्रमा सामिप्यराज तिमल्सिनाको कथा रहेको छ।

फिल्ममा प्रियंका एमभी, सुनिल थापा, प्रशान्त ताम्राकार, वुद्दि तामाङ, विल्सन विक्रम राई लगायतका कलाकारको पनि अभिनय रहेको छ ।