काठमाडौं । नेपाल इञ्जिनीयर्स एशोसिएसनको ३२औँ कार्यकारिणी समितिको निर्वाचन शुक्रबार काठमाडौँलगायत सातवटै प्रदेशमा हुने भएको छ ।


ADVERTISEMENT


निर्वाचनमा प्रगतिशील समूह र लोकतान्त्रिक समूहबीचमा प्रतिस्पर्धा हुने भएको छ । दुवै समूहले निर्वाचन प्रचार सम्पन्न भएको जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रगतिशील समूहका तर्फबाट अध्यक्षमा त्रिरत्न बज्राचार्य, उपाध्यक्षमा आशिष घिमिरे, महासचिवमा छविराज पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामएकवाल यादव र सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षमा हिरेन्द्रमान प्रधान, उपाध्यक्षमा डा चण्डिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्यूलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सहकोषध्यक्षमा जानुका थापाले उम्मेदवारी दिएका छन् ।

करिब १७ हजार इञ्जिनीयरले १४ केन्द्रमा मतदान गर्ने कार्यक्रम जनाइएको छ ।