परिवर्तन देवकोटा ।
काठमाडौं । चक्रपथ विस्तारको पहिलो चरण अन्तर्गत कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ । चीनको सांघाई कन्ट्रक्सन ग्रुप कम्पनीले आफ्नो जिम्मेवारीमा रहेको सम्पुर्ण काम सकिएको घोषणा गर्दै नेपाल सरकारलाई सडक हस्तान्तरण गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


चक्रपथ सुधार आयोजनाका इन्जिनियर निरञ्जन शर्माका अनुसार डिसेम्बर १५ अर्थात् आउँदो शनिवारका दिन कम्पनीले उक्त सडक हस्तान्तरण गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


चिनियाँ कम्पनीले ५ वर्षअघि २०७१ मा यो सडकखन्डको विस्तार कार्य सुरु गरेको थियो । इन्जिनीयर शर्माका अनुसार विसं २०७२ सालमा आएको ‘महाभुकम्प’ तथा नाकाबन्दीको समयमा यो सडक विस्तार कार्य प्रभावित भएको थियो ।

उक्त सडकखन्डमा आकाशेपूल, फुटपाथ, खानेपानीको काम, बिजुली बत्ति तथा अन्य पूर्वाधार निर्माणको काम अब सुरु हुने जनाइएको छ ।
इन्जिनियर शर्माका अनुसार २७ किलोमिटर चक्रपथ मध्य पहिलो खन्डमा सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएको थियो । चिनियाँ ठेकेदार कम्पनीले करिब ५ अर्ब रुपैयाँ लगानीमा उक्त सडक खन्ड निर्माण गरेको हो ।

‘महाभुकम्प’ तथा नाकाबन्दीको समयमा सडक विस्तारको काम अवरुद्ध भएका कारण तोकिएको समयमा भने काम पुरा हुन सकेन’ इन्जिनियर शर्माले भने ।

सडक निर्माणका क्रममा अवरोध आएपछि २०७३ मा पहिलोपटक सडक बिस्तारको काम रोकिएको थियो । त्यसपछि अर्को वर्ष २०७४ मा पुनः म्याद थप गरी कामलाई अगाडि बढाइएको थियो ।

अब भने ८ लेनमा विस्तार भएको कलंकी–कोटेश्वर सडकखन्ड पुर्ण रुपमा काम सम्पन्न भएको बताउँदै चिनियाँ कम्पनीले डिसेम्बर १५ मा हस्तान्तरण गर्न लागेको इन्जिनीयर शर्माले बताए ।

नेपाली पक्षको काम सुरु हुने

उक्त सडकखण्डमा नेपाल पक्षले गर्नुपर्ने काम भने रोकिएको छ । चक्रपथ सुधार आयोजनाले चिनियाँ कम्पनीले सडक–खण्ड हस्तान्त्रण गर्ने वित्तिकै नेपाली पक्षले आफ्नो कामलाई निरन्तरता दिने शर्मा बताएँछन् ।

इन्जिनियर शर्माका अनुसार चिनियाँ ठेकेदार कम्पनीले सडक हस्तान्तरण नगरुन्जेल काम रोक्न आग्रह गरेको थियो । सोही बमोजिम सडकखन्डमा अहिले केही–केही काम रोकिएको छ ।

उक्त सडकखन्डमा आकाशेपूल, फुटपाथ, खानेपानीको काम, बिजुली बत्ति तथा अन्य पूर्वाधार निर्माणको काम अब सुरु हुने जनाइएको छ ।

दोस्रो चरणको काम सुरु हुने

कोटेश्वर–कलंकी सडकखण्डको काम सक्ने बित्तिकै दोस्रो चरणको सडक विस्तारको तयारी सरकारले गरेको छ । दोस्रो चरणको सडक विस्तार कार्य अन्तर्गत कलंकीदेखि नारायणगोपाल चोकसम्मको सडक विस्तार हुने चक्रपथ सुधार आयोजनाका इन्जिनियर निरञ्जन शर्माले बताए ।

पहिलो चरणको सडक विस्तारको काम सकिएपछि दोस्रो चरणको लागि चिनियाँ कम्पनीसँग नै सम्झौता हुने सम्भावना रहेको छ । सडकको डिजाइन प्राप्त हुने बित्तिकै सम्झौता गर्ने र विस्तार प्रक्रिया सुरु हुने बताइउको छ ।मेरोअटो