काठमाडौं । नेपाल सरकारले एक सयभन्दा ठूला भारतीय नाेटकाे कारोबारमा प्रतिबन्ध लगाएको छ।


ADVERTISEMENT


बिहीबार सार्वजनिक मन्त्रिपरिषद बैठकको निर्णयअनुसार अबदेखि सर्वसाधारणले दुई सय, पाँच सय र दुई हजार दरका भारतीय नोट राख्न पाउने छैनन्।


ADVERTISEMENT

# # #


एक हजार दरका नाेट नेपालमा यस अघिदेखि नै प्रतिबन्धित छन्। अब सर्वसाधारणले एक सय वा साेभन्दा साना भारतीय नाेटबाट मात्र काराेबार गर्न पाउनेछन्।

‘भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ’, मन्त्रिपरिषदको निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटाले भने। यी तीन दरका भारतीय नोट प्रयोगमा लगाउने निर्णय भएकाे उनकाे भनाइ थियाे।

२०७३ कात्तिक २४ गते नेपाल राष्ट्र बैंकले ५ सय र १ हजार दरका भारतीय नोट तत्काल सटही नगर्ने निर्णय गरेको थियो। भारतमा मोदी सरकारले ५ सय र १ हजारका नोटमा प्रतिबन्ध लगाउँदै २ हजारका नोट प्रकाशन गर्ने निर्णय गरेपछि नेपालको केन्द्रीय बैंकले त्यस्तो निर्णय गरेको थियो।

नेपाल–भारत सीमामा भारतीय रुपैयाँ नेपाली सरह काराेबार हुने गर्छ। पछिल्लो समय काठमाडौंमा समेत व्यापारीले भारतीय रुपैयाँको बाक्लै कारोबार गर्दै आएका थिए। अब एक सय र त्योभन्दा तलका नोटको कारोबार मात्र हुन पाउनेछ। यसकाे असर के हुनेछ र किन याे निर्णय गरियाे भन्नेबारे सरकारले केही खुलाएकाे छैन।