दाङ । दाङको तुलसीपुर बजारस्थित अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ । भिम घिमिरेले आफ्नै घरमा सञ्चालन गर्दै आएको जुत्ता-चप्पलको होलसेल पसलमा आगलागी भएको हो ।


ADVERTISEMENT


आगलागीबाट घर र पसल पूरै क्षतिग्रस्त भएको छ । घर तथा पसल धनी भिम घिमिरेले पाँच करोडभन्दा बढीको क्षति भएको बताएको पत्रकार शरद रेग्मीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


वीरेन्द्र चोकबाट पश्चिमतर्फ पाँच नम्बर वडा कार्यालयसँगै रहेको आफ्नो चार तले घरको सटरमा घिमिरेले पसल सञ्चालन गर्दै आएका थिए । घिमिरे परिवार भने सोही घरको माथिल्लो तल्लामा बस्दथे ।

उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।

आगो लागेको सो घरसँगै अन्य घरहरु पनि सटेका छन् र सो पसलसँगै अन्य होलसेल पसलहरु पनि छन् ।

आगो निभाउन तुलसीपुर उपमहानगरपालिकाको दमकल, पानी ट्यांकरका साथै घोराही उपमहानगरपालिकाको दमकल समेत झिकाइएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय व्यवसायी, तुलसीपुरबासीको दुई घण्टाको अथक प्रयासपछि आगो नियन्त्रणमा आउने क्रममा रहेको वडानम्वर ५ का अध्यक्ष विरेन्द्र कुमार शाहले जानकारी दिए ।