काठमाडौँ– नेपाल विद्यार्थी संघ (नेविसंघ)ले महाधिवेशनको पूर्वसन्ध्यामा छलफल कार्यक्रमको आयोजना गर्ने भएको छ ।


ADVERTISEMENT


संगठनको १२ औँ महाधिवेशनको तयारी र व्यवस्थापनको बारेमा शनिबार बिहान ८ बजे बागबजारस्थित पद्मकन्या क्याम्पसमा चियापानसहितको छलफल कार्यक्रम राखिएको नेविसंघ अध्यक्ष नैनसिंह महरले बताए ।


ADVERTISEMENT

# # #


अध्यक्ष महरका अनुसार छलफलका लागि नेपाली कांग्रेस महासमिति सदस्य, पार्टीका जिल्ला सभापतिहरु, नेविसंघ केन्द्रीय सदस्य तथा पदाधिकारी, कांग्रेस भातृसंगठनका प्रमुख र नेविसंघका पूर्व अगुवा कार्यकर्ता लगायत उपस्थित हुनेछन् ।

नेविसंघको १२ औं महाधिवेशन आगामी पुस २८, २९ र ३० गते काठमाडौंमा हुँदैछ । त्यसका लागि नेविसंघले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।