सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार असफल भइसकेको बताएका छन् ।


ADVERTISEMENT


उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चुनावअघि गरेका प्रतिवद्धताअनुसार काम गर्न नसकेको बताए। ‘नेकपाले चुनावअघि उठाएका राष्ट्रियता, रोजगारी सिर्जना गर्नेलगायतका कुरा उठाएको थियो । नागरिकले पनि अपेक्षा गरेर बहुमत दिएका थिए’, आज वीरेन्द्रनरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘नेकपाको सरकारले जनअपेक्षा अनुसारको काम गर्न सकेन । असफलतातर्फ सरकार गइरहेको छ ।’


ADVERTISEMENT

# # #


अध्यक्ष थापाले हिन्दू राष्ट्र निर्माणका लागि आफूहरु सधैँ लागेको बताउँदै अब जनदबाब सिर्जना गर्ने समेत बताए।