काठमाडौं । नेकपाको स्थायी समिति बैठक ५ महिनापछि शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ ।


ADVERTISEMENT


नेकपाको गत २१ असारयता स्थायी समिति बैठक बस्न सकेको छैन ।


ADVERTISEMENT

# # #


केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार शनिबार दिउँसो १ बजे बैठक बोलाइएको छ । उनले एकीकरण बाँकी कामसँगै अन्य थाती रहेका एजेण्डाहरुमा छलफल हुने बताए ।