काठमाडौँ – नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा मिनी ट्रक आइसर दुर्घटना हुँदा ज्यान गुमाउने २० जनाको सनाखत भएको छ ।


ADVERTISEMENT


बा ३ ख ३९१३ नम्बरको आइसर दुर्घटनामा मत्यु हुनेहरुमा घ्याङफेदी सिसिपुकी २७ वर्षीया विभिमाया तामाङ, १४ वर्षीया सीता तामाङ, ३६ वर्षीया सुनश्री तामाङ, २४ वर्षीया शुकराम तामाङ रहेका छन्।


ADVERTISEMENT

# # #


यस्तै ३९ वर्षीय सेनम लामा, ५५ वर्षीय टोकले तामाङ, २२ वर्षीया मंगले तामाङ, ४४ वर्षीय आइत तामाङ, ४० वर्षीय सेल्वोन तामाङ, ६० वर्षीय खाम्सुङ तामाङ, ३२ वर्षीय रिवल तामाङ, २० वर्षीय भीमवहादुर तामाङ, ४३ वर्षीय मिङमार तामाङ, ३७ वर्षीय छोवाङ सोनाम तामाङ, ३४ वर्षीय लक्ष्मण तामाङ, ४६ वर्षीय वीरवहादुर तामाङ, २० वर्षीय कृष्ण तामाङ, ५० वर्षीय मीनवहादुर तामाङ, ४५ वर्षीय सुने लामा र शिखरवेशीका १५ वर्षीय रितेश पण्डित रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

घाइते १६ जनामध्ये केहीको त्रिवि शिक्षण अस्पताल, केहीको ग्राण्डी अस्पतालसहितका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी भीमलाल भट्टराईका अनुसार ४५ जनाभन्दा धेरै सर्वसाधारण आइसरमा चढेका थिए । दुर्घटनास्थल सदरमुकामबाट ३ घण्टाको पैदल दूरीमा रहेको छ ।