काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र सांगठानिक एकता प्रक्रियालाई लिएर सुरु भएको विवादको कारण शीर्ष नेताहरु विभाजित बनेका छन् ।


ADVERTISEMENT


पार्टी एकता भएपछि दोस्रो पटक बसेको स्थायी समितिको बैठकमा पनि पार्टी अध्यक्षद्धय केपीशर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि नेता वामदेव गौतमले फरक दस्तावेज पेश गरेका छन्।


ADVERTISEMENT

# # #


प्रदेश कमिटीको एकता प्रक्रिया टुंगो लगाएसँगै शीर्ष नेताहरुबीच विवाद चर्किदै गएको छ ।

शनिवारबाट सुरु भएको उक्त पार्टीको स्थायी समिति बैठकमा प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए भने अर्का अध्यक्ष प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए ।

२२ पृष्ठ लामो राजनीतिक प्रतिबेदन अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय दिइएको छ ।

प्रवक्ता श्रेष्ठले सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने जानकारी दिए।

बैठकमा नेता गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन्। प्रवक्ता श्रेष्ठका अनुसार गौतमले प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ ।