काठमाडौँ– नेपाल स्ट्रोम्सले जितेन्द्र शर्माको विस्फोटक ब्याटिङको मद्दतमा इन्डियन स्टार्सलाई ४ विकेटले स्तब्ध बनाउँदै एसियन क्लब प्रिमियर लिगमा अपराजित यात्रा कायम राखेको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी एसियन क्लब प्रिमियर लिगमा नेपाल स्ट्रोम्र्सका जितेन्द्र शर्माले २१ अर्धशतक बनाएपछि इन्डियन स्टार्स ४ विकेटले स्तब्ध हुन बाध्य भयो । ब्याटिङमा १ सय ७३ रनको लक्ष्यसहित उत्रेको नेपाल स्टम्र्सको खातामा ३३ रन हुँदा नेपालले ४ विकेट गुमाइसकेको थियो ।


ADVERTISEMENT

# # #


तर, पाँचौँ तथा छैटौँ विकेटका लागि नेपाल स्ट्रोम्र्सको राम्रो साझेदारी बनेपछि नेपालको जित सम्भव भयो । नेपाल स्ट्रोम्र्सको जितमा जितेन्द्र शर्माले २४ बलमा ५७ रनको पारी खेले । नेपाली खेलाडी परेश लोहनीले २६ रनको महत्वपूर्ण योगदान दिए । अमरसिंह रौटेलाले छैटौँ विकेटका लागि शर्मासँग मिलेर अविजित ५५ रनको साझेदारी गरे ।

रौटेलाले १४ रन बनाए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको इन्डियन स्टार्सले निर्धारीत २० ओभरमा सुरुआतबाटै आक्रमक ब्याटिङ गर्दै ३ विकेट गुमाउँदै १ सय ७२ रनको योगफल तयार पा¥यो । तर, बलिङको क्रममा स्टार्सका बलरहरू एकाग्र हुन नसक्दा नतिजा नेपाल स्ट्रोम्र्सलाई सुम्पिन बाध्य बन्यो । खेलको म्यान अफ दि म्याच जितेन्द्र शर्मा घोषित भएका छन् ।

दोस्रो खेलमा भने अफगानिस्तान बुल्सले जित हासिल हात पारेकोे छ । अन्तिम ओभरमा २२ रन प्रहार गर्दै अफगानिस्तानले दुबई वारियर्सलाई ४ विकेटले हरायो । जितपछि अफगानिस्तान बुल्सले ४ खेलबाट ४ अंक नै जोडेको छ ।

दुबई वारियर्सको ३ खेलमा यो दोस्रो हार हो । १ सय ६२ रनको लक्ष्य अफगानिस्तान बुल्सले १ बल अगावै ६ विकेट गुमाएर पूरा ग¥यो । अन्तिम ओभरमा अफगानिस्तान टोलीले तीनपटक ‘फ्रि हिट’को अवसर पाएको थियो ।

दुबई वारियर्सका खसिस मिधाले बलिङ गरेको अन्तिम ओभरको चौथो बलमा अफगानिस्तानका कप्तान राना नाभेद उस हसनले छक्का प्रहार गर्दै जित नजिक पु¥याएका थिए । पाँचौँ बलमा नाभिदले २ रन लिँदै जित दिलाए ।